शिवम् सिमेन्ट्ससहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ९७ लाख ५१ हजारको कित्ता सेयर ३ अर्ब ७ करोड ७४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १२७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १८ करोड ५६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंक प्रमोटर सेयरको १६ करोड ९७ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ३६ लाख, सिटी होटलको १४ करोड ७३ लाख र सोल्टी होटलको १० करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स