काठमाडौं । अप्पर स्यांगे हाइड्रोपावर लिमिटेडेको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भोलि असार २२ गते (शुक्रबार) आफ्नै कार्यालय नारायणचौर नक्सालमा बाँडफाँट गर्ने तयारी गरेको हो ।
अप्पर स्यांगे हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ आवेदनबाट १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता आईपीओको लागि आवेदन दिएका छन् ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ ।
जस अनुसार योग्य आवेदक मध्ये ५३ हजार ९५० जनाले मात्रै १० कित्ताको दरले सेयर पाउने भएका छन्। बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खाली हुने छ ।
कम्पनीले असार १० गतेबाट असार १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजीको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ ।
यस्तै ६ लाख ५० हजारको २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले लमजुंग जिल्लाको मस्र्याङदी गा।पा। वडा नं. ४, स्यांगे नदीमा २।४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८/११/१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ ।
कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ ।