काठमाडौं । बुधबार, नेप्से परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ अंक विन्दुमा आइपुगेको छ ।
आज ८० लाख ९२ हजारको कित्ता सेयर ३ अर्ब ७ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सिटी होटल र रावा इनर्जिको ९.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फण्डको ४.१७%, प्रोग्रेशिभ फाइनान्सको २.६७%, नेपाल फाइनान्सको २.६६ प्रतिशतले सेयरमूल्य बढेको छ ।
त्यस्तै, बिपिडब्लु लघुवित्तको र मोदी इनर्जिको १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फण्ड १को ७.९९%, मन्दाकिनी हाइड्रोपावरको ७.६९%, सिवाइसी नेपाल लघुवित्तको ६.०९ प्रतिशतले सेयरमूल्य घटेको छ ।