३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ अंक विन्दुमा आइपुगेको छ ।

आज ८० लाख ९२ हजारको कित्ता सेयर ३ अर्ब ७ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ४९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको १३ करोड ९० लाख, सोल्टी होटलको ९ करोड ५७ लाख, स्वावलम्बन लघुवित्तको ८ करोड १४ लाख र हिमालयन डेष्टिलरीको ७ करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स