नेप्से १२ अंकले बढ्दा नागरिक लगानी कोषसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा आज हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ६४ लाख ५० हजारको कित्ता सेयर २ अर्ब ५७ करोड ६१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७२ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नागरिक लगानी कोषको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड १७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सको ११ करोड ३८ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड ३३ लाख, शिवम् सिमेन्ट्सको ११ करोड १६ लाख र सोल्टी होटलको ७ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स