नेप्सेमा मोदी इनर्जी र रावा इनर्जीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको आईपीओ सूचीकृत भएको छ । मंगलबार यी दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, मोदी इनर्जीको कुल २ करोड ९० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड १७ लाख ५० हजार कित्ता (७५ प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को ७२ लाख ५० हजार कित्ता (२५ प्रतिशत) रहेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९२.५७ रुपैयाँ देखि २७७.७१ रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । नेप्सेले मोदी इनर्जीलाई ‘एमईएल’ कारोबार संकेत प्रदान गरेको छ।

त्यस्तै, रावा इनर्जीको कुल २० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १९ लाख ६० हजार कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को ८ लाख ४० हजार कित्ता (३० प्रतिशत) रहेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८३.१० रुपैयाँ देखि २४९.३० रुपैयाँ सम्मको रेन्ज तोकेको छ । नेप्सेले रावा इनर्जीलाई ‘आरएडब्ल्यूए’ कारोबार संकेत प्रदान गरेको छ।

सेयर सूचीकृत भएसंगै बुधबारबाट कम्पनीको सेयर कारोबार सुरु हुने छ । बुधबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स