थ्री स्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बिहान सेयर बाँडफाँट गरेको हो।

कम्पनीको आईपीओमा कुल १० लाख २४ हजार ४६ जनाको आवेदन परेकोमा १० लाख २१ हजार १ सय ९८ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। योग्य आवेदकलाई गोलाप्रथामा समावेश गरेर सेयर बाँडफाँट गरिएको छ ।

जस अनुसार कुल ६१ हजार ३ सय १६ जनाले सेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकी ६१ हजार ३ सय १४ जनाले १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले असार ५ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि ६ लाख १३ हजार १ सय ६२ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र १७ गते कम्पनीलाई सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

आईपीओको नतिजा प्रकाशन भएको केहि यी ३ तरिकाबाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट; https://himalayancapital.com/
२.सिडीएससीको मेरोशेयरको वेबसाइट; meroshare.cdsc.com.np/#/login, ,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट; iporesult.cdsc.com.np/

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स