यस्ता छन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

काठमाडौं । सेयर बजारमा आज पनि गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ अंक विन्दुमा आइपुगेको छ ।

आज ९४ लाख १८ हजारको कित्ता सेयर ४ अर्ब ५ करोड १० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड ९४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको २० करोड ९४ लाख, नागरिक लगानी कोषको २० करोड ३३ लाख, शिवम् सिमेन्ट्सको १८ करोड १८ लाख र एनएलजी इन्स्योरेन्सको १४ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स