अपर स्यांंगे हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा झण्डै १३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ हाउसका अनुसार बुधबार साँझ ५ः०५ बजेसम्ममा १२ लाख ८२ हजार ४६३ आवेदनबाट १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता आईपीओको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशतले दरले हुने आउने २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानिय बासिन्दाहरुलाई निष्काशन गरिसकेको छ ।

बाँकी २९.५५ प्रतिशत अर्थात ६ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, ५ प्रतिशत अर्थात ३२ हजार ५०० कित्ता सामूहित लगानी कोषलाई र २ प्रतिशत अर्थात १३ हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूलाई छुट्टाइएको छ । त्यस पश्चात बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीको आईपीओमा आवेदन गर्ने ५३ हजार ९५० जनाले मात्रै १० कित्ताको दरले सेयर पाउने भएका छन्। बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खालि हुने छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतकर्तामा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स