आज शिवम् सिमेन्ट्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १९ लाखको कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४२ करोड ५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको २७ करोड २६ लाख, हिमालयन डेष्टिलरीको २२ करोड ३७ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १५ करोड ४९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स