दिब्यश्वरी हाईड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स

काठमाडौं । दिब्यश्वरी हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ ।

कम्पनीले शतप्रतिशत (कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स र दिब्यश्वरी हाइड्रोपावरबीच असार १० गते एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जसमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्घ कृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् ।

उक्त हकप्रद सेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स