नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, ३ लाख ६१ हजार ९८९ जनाले पाए १० कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।

बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले काठमाडौंको ठमेलस्थित होटेल अलफ्टमा बिहान १० बजे बाँडफाँट गरेको हो।

कम्पनीको आईपीओमा १२ लाख ९९ हजार ७२७ आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५६० कित्ता सेयर माग भएको छ। कुल आवेदनमध्ये १२ लाख ३४ हजार ४८९ आवेदकबाट माग भएको १ करोड ३३ लाख ३४ हजार ८०० कित्ता प्रमाणीकरण भएको थियो।

प्रमाणीकरण भएकामध्ये पनि १२ लाख २७ हजार ५६९ आवेदकबाट परेको १ करोड ३२ लाख ४१ हजार ८२० कित्ता सदर भएको छ भने ६ हजार ९२० आवेदकबाट परेको ९२ हजार ९८० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यमानी ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने १ जनाले थप १ कित्ता सेयर पाएका छन्।

यस हिसाबले सदर आवेदकमध्ये ८ लाख ६५ हजार ५८० आवेदकको हात खाली भएको छ।

कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको थियो।

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट नतिजा हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको वेबसाइट : https://megacapitalmarkets.com/,
२. सिडीएससीको मेरोशेयरको वेबसाइट :  meroshare.cdsc.com.np/#/login,
३. सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/  बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स