रुरु जलविद्युत परियोजनाको २१ प्रतिशत लाभांश घोषणा, बनोस सेयर नगद लाभांश कति ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ । काम्पनीको १५ औ र १६ औं वार्षिक साधारणसभाले २१.०५२६ प्रतिशत लाभांश लाभांश घोषणा गरेको हो । कम्पनीको वार्षिक साधारण सभा असोज १६ गते (शनिबार) बसेको हो ।

कम्पनीले नाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश, १० प्रतिशत बनोस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभाबाट प्रस्ताव पारित गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयर धनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स