काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ ।
आइतबार, नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ४७ लाख ५१ हजारको कित्ता सेयर ६ अर्ब ४९ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १८९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४९ करोड ९० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको ३८ करोड ९० लाख, हिमालयन डेष्टिलरीको २४ करोड ३८ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको २१ करोड ५३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २० करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।