स्वाभिमान लघुवित्तको ३४ प्रतिशत लाभांश घोषणा, बनोस सेयर र नगद कति ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । वित्तीय संस्थाको सञ्चालक समितिको असोज १७ गते (आइतबार) बसेको ५९ औं बैठकले ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयर धनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स