१० लाख ९२ हजारले भरे थ्रीस्टारको आईपीओ

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आईपीओमा १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज अन्तिम दिन (असार ८ गते) अपरान्ह ५.५ बजेसम्म १० लाख ९२ हजार २८९ जनाले १ करोड १९ लाख ८७ हजार ३६० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १९.५५ गुणा बढी आवेदन हो । कम्पनीले असार ५ गतेदेखि आजसम्म १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

यसमध्ये १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिसकेको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो । यसमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको थियो ।

बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स