थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार ८ गते), शुक्रबार अन्तिम दिन हो । कम्पनीको आईपीओमा आज बैंकिङ अवधिसम्म मात्र आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सो मध्ये ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरिसकेको छ ।

बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरि विदेशी रोजगारीमा गएका नेपालीलाई, ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँट पश्चात बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रबद्र्धन गरिरहेको ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ६ लाख रूपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स