काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य वृद्वि भएको छ ।
बिहीबार, नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ अंक विन्दुमा आइपुगेको छ ।
आज ८० लाख ८ हजारको कित्ता सेयर ३ अर्ब ४४ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड ६३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डेष्टिलरीको १५ करोड २ लाख, शिवम् सिमेन्ट्सको १४ करोड ७५ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १३ करोड २३ लाख, नागरिक लगानी कोषको १२ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।