नेप्से १४ अंकले घट्दा शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार, अन्य कसको कति ?

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज ८६ लाख ३९ हजारको कित्ता सेयर ३ अर्ब ४९ करोड ८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड ४८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको १९ करोड २९ लाख, हिमालयन डेष्टिलरीको १६ करोड ७५ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १२ करोड ८१ लाख, नागरिक लगानी कोषको १० करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स