आखिर किन भरे पैसा नभइ घोराही सिमेन्टको आईपीओ, आवेदकको कागजात छानबिन गर्दै सेबोन

काठमाडौं । घोराही सिमेन्टको प्राथमिक निष्कासन (आईपीओ)मा साढे ५८ प्रतिशत ‘फर्जी’ आवेदन परेको छ । सर्वसाधारणको लागि खुला गरिएको सो आईपीओमा १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको कागजात सेबोनले छानबिन गर्ने भएको छ । सेबोनले आजै छानबिन समिति गठन गर्ने जनाएको छ ।

ती १२ जनाले खातामा रकमै नभई कुल १ करोड २० लाख कित्ताको आवेदन पेश गरेका थिए । १० लाख कित्ताका लागि आवेदन दिँदा बैंक खातामा कम्तीमा ४३ करोड ३५ लाख हुनुपर्नेमा कम पैसा भेटिएको हो ।

कम्पनीको आईपीओमा ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको ५ अर्ब २० करोड २० लाख रुपैयाँबराबरको आवेदन रिजेक्ट भइसकेको छ । आईपीआकोे विषयलाई लिएर टिका टिप्पणी गरेपछि कम्पनीले चलाखी पूर्ण तरिकाबाट ओभर सस् क्राइबर देखाउन फर्जी आईपीओ भर्न लगाएको बताए ।

जेठ २१ देखि घोराही सिमेन्टको आईपीओ सर्वसाधारणका लागि खुला गरिएको थियो । सर्वसाधारणलाई अन्योलमा पारेर जालसाझी गरेको प्रमाणित भएमा धितोपत्र ऐनअनुसार सजाय हुनेछ ।

ऐनको दफा ९८ अनुसार जालसाझीयुक्त कारोबार गरेको प्रमाणित भएमा दफा १०१ को उपदफा ३ अनुसार १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्नेछ । त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएमा क्षतिपूर्तिसमेत भराउने व्यवस्था समेत ऐनले गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स