काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.६३ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ७ लाखको कित्ता सेयर ४ अर्ब ११ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, निफ्राको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १९ करोड ४४ लाख, हिमालयन डेष्टिलरीको १३ करोड ५९ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १२ करोड ६० लाख, शिव श्री हाइड्रोपावरको ११ करोड ५७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।