नेप्सेमा ईङ्वा हाइड्रोपावरको सेयर कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ईङ्वा हाइड्रोपावर लिमिटेडको सेयर कारोबार सुचारु भएको छ । कम्पनीको आज मंगलबारबाट दोस्रो बजारमा कारोबार खुलेको हो।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ९७.२९ रुपैयाँदेखि अधिकतममा २९१.८७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । आज प्रि–सेसनमा कम्पनीको सेयर प्रतिकित्ता २९१.८० रुपैयाँमा किनबेच भएको हो।

नेप्सेले कम्पनीलाई ‘आईएचएल’ कारोबार संकेत प्रदान गरेको छ।

सोमबार कम्पनीको कुल ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो ।

जसमा संस्थापक समूहको ४२ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को १८ लाख कित्ता रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स