साढे ४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री गर्ने टप १० कम्पनी

काठमाडौं । निरन्तर उकालो लागेको सेयर बजारमा सामान्य गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २९ लाखको कित्ता सेयर ४ अर्ब ७४ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड ८२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १८ करोड १३ लाख, सोल्टी होटलको १७ करोड ८९ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १७ करोड २० लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट प्रमोटरको १२ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स