घोराही सिमेन्टको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीको आईपीओमा छिटोमा आज असार ४ गतेसम्म मात्र आवेदन दिन सकिने व्यवस्था थियो । तर कम्पनीले पर्याप्त आवेदन परेपनि आवेदनहरु भेरिफाई हुने क्रम मै रहेकोले आवेदन दिने म्याद थप गरेको जनाएको छ ।

योसंगै अब सर्वसाधारणले कम्पनीको आईपीओमा असार १४ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अगावै यथोचित संख्यामा प्रमाणित आवेदन आएमा सो अगावै सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जेठ ३२ गतेबाट सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको हो ।

जसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँट गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ।

यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिन पाइनेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी९आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स