घोराही सिमेन्टको आईपीओमा चौथो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । घोराही सिमेन्टले जेठ ३२ गते बिहीबारदेखि निष्काशन गरेको आईपीओमा करिब साढे ४ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आइतबार साँझ ५ः०५ बजेसम्ममा ४ लाख ४५ हजार ८९० जना आवेदकबाट ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको कुल सेयर ६९ लाख ११ हजार ६७० कित्ताको २.४९ गुणा बढी हो । कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर मध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ९१ हजार रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ३०० थप गरी प्रतिशेयर ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।

त्यस्तै १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको अंकित मूल्य १०० मा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिसेयर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ ।

सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीहरूलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता सेयर छुटाएको थियो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ७७ हजार २९० कित्ता, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई ६ लाख ६ हजार ३५० कित्ता सेयर, सामुहिक लगानी कोषलाई ३ लाख २८ हजार ९६१ कित्ता सेयर र कम्पनीका कर्मचारीहरुलाई १९ हजार ५३० कित्ता सेयर बाँडफाँट गरे पश्चात बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्ता सेयर सहित ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणमा निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य सहित प्रतिकित्ता ४३५ रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेका छन् । यस्तै प्रत्याभुतिकर्तामा भने नागरिक लगानी कोष रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स