प्रिओपनिङमा घटेको सेयर बजारमा एक्कासी कसरी छायो हरियाली ?

काठमाडौं । विगत २ अडाई वर्षदेखि अतालिएका लगानीकर्ता बैंकहरूले घटेको ब्याज दरको म्यासेज पठाउन थालेपछि हर्षित भएका छन् । उनीहरूमा आत्मबल बढेको छ । बजारप्रति विश्वास जागेको छ । बजारमा तरलता व्यवस्थापन सहज हुँदै गएपछि बैंकहरूले समग्रमा ब्याजदर घटाए । त्योसँगै सेयर धितोकर्जाको ब्याजदर पनि घटेको छे । एभरेष्ट बैंकले सेयर धितोकर्जाको ब्याजदर ०.७५ प्रतिशतले घटाएको भने अन्य बैंकले सोही अनुपातमा सेयरलगायत अन्य प्रडक्टको ब्याजदर घटाएका हुन् ।

आज आइतबार बजार खुलेको केहि समयसम्म नेप्से परिसूचक घटेपनि पछाडि भने ‘बाउन्स ब्याक’ भएर सेयर बजार इन्डेक्सको ग्राफ माथि उक्लेको छ । आइतबार ५२.२६ अंकले बढेर २०९४.३३ अंक पुगेको छ ।

विभिन्न प्रयोजनका लागि ८ प्रतिशतमा लिएको कर्जाको ब्याजदर बैंकहरूको सिण्डिकेट र विश्व अर्थ बजारमा देखिएको उतार चढावल बढ्दै गएको थियो । त्यसलाई अझ थप सहयोग गर्नको लागि रुस युक्रेन युद्धले आगोमा घ्यू थपिदिएझै भएको थियो । जसले गर्दा ८ प्रतिशतमा लिएको कर्जाको ब्याजदर बढेर १७/१८ प्रतिशतसम्म तिर्न व्यवसायीहरू वाध्य भएका थिए भने कर्जाको ब्याजदर वृद्धि र बजारमा तरलताको अभावले गर्दा उद्योगधन्दा सुस्त भई व्यापार घाटा बढ्दै गएर थियो । व्यवसाय धान्न मुस्किल भएपछि कतिपय व्यवसायी तथा लगानीकर्ताले आत्मदाह नै गरे ।

हाल आएर व्यवसायमैत्री मौद्रिक नीति ल्याउने तयारीमा जुटेको राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोकर्जामा लागेको सीमालाई पनि खुला गर्न सक्ने देखिएको छ । बजारमा तरलता बढ्दै गएको र पूर्व अर्थमन्त्री तथा राष्ट्र बैंकका गभर्नर समेत बनेका डा. युवराज खतिवडाले सेयर बजारलाई राष्ट्र बैंकले अंकुश लगाउन नहुने अभिव्यक्ति दिएपछि बजारमा एक प्रकारको तरंगनै उर्लेको छ । शिथिल बनेका लगानीकर्तामा आशाको दियो बल्न थालेको छ ।

यसमा अझ बैंकहरू घटाएको कर्जाको ब्याजदरले अझ बजार बढाउन प्रोत्साहन मिलेको छ । बजारमा तरलता सहज गराइ अर्थतन्त्र चलायमान बनाउने र सीमित केही क्षेत्रका उद्योगी व्यवसायीलाई पुर्नकर्जा प्रदान गरी अन्य व्यवसायीलाई निश्चित अवधिभरको किस्ता तथा ब्याजदर भुक्तानी विलम्बन भएमा जरिवाना लगाउन नपाउने व्यवस्था गरेको छ ।

जसको मूल मर्मलाई आत्मसाथ गर्दै बैंक तथा वित्तीय संस्थाहरूले धमाधम आफ्नो बेसरेट र बेसरेटमाथि चार्ज गरिएको प्रिमियम शुल्क समेत घटाइ आफ्ना ऋणीहरूलाई सहुलियत प्रदान गर्न बैंकहरू लागि परेका छन् ।

जसको फलस्वरुप एभरेष्ट बैंकले ०.५० प्रतिशत बेसरेट घटेको र कर्जाको ब्याजदर सस्तिने जानकारी एसएमएसमार्फत आफ्ना ऋणीहरूलाई धमाधम दिन थालेको छ ।

जसले गर्दा ऋण लिनेहरूलाई केहि सहजता प्रदान भइ सहज वातावरणको सिर्जना हुने र राष्ट्र बैंकले लिएको नीति अनुरुप अर्थतन्त्र चलायमान भइ केहि समय पश्चात नै अर्थतन्त्रको लय पुरानै बाटोमा फर्कने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स