सेयर बजारमा हरियाली छाउँदा ८ कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २० लाखको कित्ता सेयर ४ अर्ब ८६ करोड १२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

त्यसैगरि, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मेन्छियाम हाइड्रोपावरको १०% , सिटी होटलको ९.९६%, माहुली लघुवित्तको ९.९५ प्रतिशतले सर्किट लागेको छ । साधना लघुवित्तको ९.८३ %, श्वेत गंगा हाइड्रोपावरको ९.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स