नयाँ स्टक र ब्रोकर लाइसेन्स सम्बन्धी छलफल गर्न अर्थ समितिले बोलायो धितोपत्र बोर्डलाई

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुलाई छलफलका लागि बोलाएको छ । समितिले असार ५ गते मंगलबार बिहान ८ बजे बोर्डका पदाधिकारीहरुसँग छलफलका लागि बोलाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोक्न भनेका थिए । बोर्डले १८ वटा ब्रोकरलाई लाइसेन्स दिने निर्णय गरेको थियो । समितिले ‘नयाँ धितोपत्र दलाल र धितोपत्र व्यापार अनुमतिपत्र प्रदान गर्दा अपनाएका प्रक्रिया र मापदण्ड बारे धितोपत्र बोर्डका पदाधिकारीहरूसँग छलफल’ भनेर कार्यसूची अर्थ समितिले तयार पारेको छ ।

समितिको जेठ २९ गते बसेको बैठकले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । सोहि विषयमा छलफल गर्न समिमिले बोलाएको बोर्डले जनाएको छ । केहि े सभापतिलाई कन्भिन्स गराएर सुटुक्क प्रक्रिया रोक्न निर्देशन दिएको आरोप लगाउँदै आएका छन् ।

पुँजी बजारमा नयाँ ब्रोकर र नयाँ स्टक एक्सचेञ्ज भित्र्याउने प्रक्रियाले व्यवसायीक घरानाहरुलाई दुई कित्तामा विभाजित गरिदिएको छ । सेयर बजारका लगानीकर्ताहरु नयाँ ब्रोकर र स्टक एक्सचेञ्ज आवश्यक रहेको बताईरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स