काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य वृद्वि भएको छ ।
बिहीबार, नेप्से परिसूचक ५ अंकले बढेर २०४२.०७ अंक विन्दुमा आइपुगेको छ ।
आज ७८ लाख ९६ हजारको कित्ता सेयर ३ अर्ब १६ करोड २८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ९३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको १६ करोड ४ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ९१ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको ११ करोड ६१ लाख र हिमालयन डेष्टिलरीको ९ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।