नेप्सेमा मेन्छियाम हाइड्रोपावरको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मेन्छियाम हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । बिहीबार कम्पनीको कुल ५४ लाख २५ हजार ८३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा संस्थापक समूहको ३७ लाख ९८ हजार २३ कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूहको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसमेत) १६ लाख २७ हजार ७५० कित्ता (३० प्रतिशत) रहेको छ।

नेप्सेले कम्पनीलाई ‘एमसीएचएल’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ७७.४५ रुपैयाँदेखि अधिकतममा २३२.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने व्यवस्था छ। तर, भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आउँदो आइतबारबाट यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स