काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५४ औं वार्षिक साधारणसभा कार्तिक १६ गते मंगलबार बिहान ११ बजे बस्ने भएको छ । कर्पोरेशनको सञ्चालक समितिको असोज १४ गते बसेको १०१० औं बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो ।
वार्षिक साधारणसभका लागि कम्पनीले कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुक क्लोज (सेयर दाखिला खारेज) बन्द गरेको छ ।
कर्पोरेशनले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कर्पोरेशनले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत लभांश वार्षिक साधारणसभाबाट पारित गर्दैछ ।