काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
जसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँट गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ।
यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिन पाइनेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।
लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासन बन्द छिटोमा असार ४ गते र ढिलोमा असार १४ गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।