आन्तरिक विभागको परिपत्रले सेयर बजारका प्राकृतिक लगानीकर्तालाई नछुने

विगत कै नियम कानुनमा कुनै परिवर्तन नभएको मैनालीद्वारा स्पष्ट

काठमाडौं । आन्तरिक राजस्व विभाग कर परीक्षण व्यवस्थापन शाखाको मिति २०८० जेठ ३० गतेको पत्रको विवरण अनुसार विषयःईटीडीएस ४० लाखको विवरणका सम्बन्धमा प्राप्त पत्रलाई लिएर पुँजी बजारका सरोकारवाला लगानीकर्ताहरूबीच यस विषयमा व्यापक कौतुहलता र भ्रम सिर्जना भएको छ ।

यस विषयको तथ्य परक विषय बुझ्नका लागि हामीले आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीसँग बुझेका थियौं । यो विषय विगत २०५८ सालको आयकरको नियम अनुसारनै चल्दै आएको विषय हो । पत्रका सम्बन्धमा भने उनले यो हाम्रो नियमित कार्य भएको बताए । यसबाट कोहि त्रसित हुन नपर्ने उनको भनाइ छ ।

कुनै नयाँ परिपत्र वा विषय होइन । जुन लगानीकर्ता वा प्राकृतिक व्यक्तिहरूले ४० लाखभन्दा बढीको वार्षिक आम्दानी भएपछि ‘डे फो’ विवरण पेश गरेर कर चुक्ता लिने विगतकै प्रणालीलाई पुनः सुचित गरिएको मात्रै हो ।

यसमा पुँजी बजारमा सम्बन्ध प्राकृतिक लगानीकर्ताहरूले ७.५ र ५ प्रतिशतनै अन्तिम कर भएको र सो कर सिष्टमले सो त कर कट्टी गर्ने भएकाले उक्त क्षेत्रका प्राकृतिक व्यक्तिहरू यस प्रति आत्तिनु नपर्ने, ४० लाखभन्दा बढी वार्षिक आय भएका व्यक्तिहरूले विगतको वर्षहरूजस्तै ‘डे फो’ विवरण भरि कर चुक्ता लिन सकिने छ ।

यो परिपत्र विशेष गरी त्यस्ता प्राकृतिक व्यक्तिहरू जसको व्यवसाय दर्ता चाहिँ छैन तर, व्यक्तिगत अन्य पेशाबाट ४० लाखभन्दा बढी आम्दानी गर्ने व्यक्तिहरूलाई सूचनामार्फत सूचित गरिएको मात्रै हो ।

यो विषयमा राति अबेरसम्म क्लब हाउसहरूमा पक्ष र विपक्ष भई भ्रम फैलाउने काम भएको र यो क्षेत्र नै आफू कारोबार अनुरुप व्याख्या र विश्लेष गरी भ्रम सिर्जना गर्ने भएकाले पनि यो विषय बढी पेचिलो बनेको हो ।

जसले गर्दा लगानीकर्ताहरू दिग भ्रमित भई सहि निर्णय लिन नसक्ने अवस्थामा पुग्छन् । त्यसै कारणले यो परिपत्र विशेष गरी प्राकृतिक व्यक्ति कलाकारिता तथा अन्य पेशा सम्बन्ध व्यक्तिहरू प्रति लक्षित भई आएको विषय वस्तु हो ।

जस्तै कलाकारिता क्षेत्रमा रहनेहरूले उनीहरूको पेशाबाट मगग्य आम्दानी गरेका हुन्छन् । तर, त्यो उनीहरूको व्यवसाय होइन । हो त्यस्तै प्रकृतिका प्राकृतिक व्यक्तिहरू लागि यो सूचना प्रकाशित गरिएको हो ।

पुँजी बजार सम्बन्ध लगानीकर्ताहरूका लागि विगतको नियम नै निरन्तरता छ । नयाँ कुनै पनि किसिमको नियम थपघट गरिएको छैन । लागनीकर्ताहरू यस विषयलाई लिएर दिग भम्रित नहुन विभागले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स