५ अर्बमाथिको कारोबार हुँदा शिवम् सिमेन्ट्ससहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १५ लाखको कित्ता सेयर ५ अर्ब १ करोड ७८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड १७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डेष्टिलरीको २४ करोड ३३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १३ करोड ३४ लाख, नेपाल टेलिकमको १२ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स