लक्ष्मी लुघवित्तको २७.३६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २७.३६८४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको असोज १५ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर समेत गरी ७.३६८४२१ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउँनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स