सानिमा हाइड्रोपावर र कान्तिपुर टेलिभिजनले आईपीओ निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । सानिमा हाइड्रोपावर लिमिटेड र कान्तिपुर टेलिभिजन नेटवर्कले आईपीओ निष्काशन गर्ने भएको छ । दुवै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्काशनको अनुमति माग गर्दै निवेदन दिएका छन्।

सानिमा हाइड्रोपावरले गत जेठ २६ गते र कान्तिपुर टेलिभिजनले गत जेठ २८ गते निवेदन दिएका हुन्।

सेबोनले अनुमति दिएमा सानिमा हाइड्रोपावरले २४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने छ । जसमा कम्पनीले १०० अंकित दरका कुल २४ लाख ५० हजार कित्ता स्थानीय र सर्वसाधारणलाई बिक्री गर्नेछ।

त्यस्तै, कान्तिपुर टेलिभिजनले ७ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेछ।

दुवै कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स