नेपाल रिपब्लिक मिडियाको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म ३.८४ गुणा बढी आवेदन परेको छ ।

आज मंगलबार साँझ ५ः१२ बजेसम्ममा १२ लाख ८२ हजार ३६३ आवेदनबाट १ अर्ब ३९ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख २३ हजार ३८० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको ३६ लाख १९ हजार ८९१ कित्ता सेयरको ३.८४ गुणा बढी हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ ।

जस अनुसार योग्य आवेदक मध्ये ३ लाख ६२ हजार ५९३ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीले जेठ २६ गते देखि आज जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स