४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री गर्ने टप १० कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी रहेको छ ।

मंगलबार, नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८ लाखको कित्ता सेयर ४ अर्ब १२ करोड ६६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २७ करोड ६६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डेष्टिलरीको १७ करोड ५० लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १७ करोड ५० लाख, सोल्टी होटलको १२ करोड १८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स