आज सोल्टी होटलसहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्वि भएको छ ।

सोमबार, नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ अंक विन्दुमा आइपुगेको छ ।

आज ७४ लाख ५४ हजारको कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड २८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डेष्टिलरीको १० करोड ११ लाख, शिव श्री हाइड्रोपावरको ९ करोड ५८ लाख, नागरिक लगानी कोषको ७ करोड १५ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स