थ्री स्टार हाइड्रोपावरले सर्वसाधारणका लागि असार ५ गतेबाट आईपीओ निष्काशन गर्ने

काठमाडौं । थ्री स्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि असार ५ गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख १३ हजार १ सय ६२ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

लगानीकर्ताले कम्पनीको आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र १७ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स