दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख २८ हजारको कित्ता सेयर ३ अर्ब ४५ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

त्यसैगरि, भुगोल इनर्जि डेभलपमेन्ट कम्पनीको १०% र सिटी होटलको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । गूहेश्वरी मर्चेन्टको ८.७०%, रिलायन्स फाइनान्सको ८.३६%, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको ८.३१ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को ३.८३%, मेगा म्युच्युअल फण्ड १ को २.५३%, मनकामना स्मार्ट लघुवित्तको २.५१%, एनआइसी एशिया सेलेक्ट फण्ड ३० को २.४०% र प्रभु स्मार्ट फण्डको १.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स