करिब साढे ३ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ ।

आइतबार, नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख २८ हजारको कित्ता सेयर ३ अर्ब ४५ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

त्यसैगरि, नागरिक लगानी कोषको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १० करोड ८७ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १० करोड ६८ लाख, नेपाल टेलिकमको ८ करोड १२ लाख र नेपाल रि इन्स्योरेन्सको ७ करोड ९३ लाखरुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स