नेप्सेमा चार कम्पनीको साढे ५७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जेठ २१ गतेदेखि जेठ २६ गतेसम्म चार कम्पनीको कुल ५७ लाख ५७ हजार ७६७.९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसअनुसार, जेठ २१ गते हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कम्पनीको २.७५ प्रतिशत दरका कुल ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत दरका कुल ३२ लाख २६ हजार ७७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

जेठ २३ गते कालिका पावर कम्पनी लिमिटेडको १५ प्रतिशत दरका कुल १० लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, जेठ २६ गते नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत दरका कुल ८ लाख ८० हजार १२.४६ कित्ता कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स