काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज जेठ २६ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँ ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गर्ने छ । जसमा १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा न्यूनतम १० देखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा सर्वसाधारणले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ ।
कम्पनीको आईपीओ निष्काशन तगा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।