भोलिबाट नागरिक रिपब्लिकको आईपीओ निष्काशन हुँदै, सावधान ! लुटिनु होला…

काठमडाौ । नेपालको पुँजी बजारमा जनसंख्याको करिब १९ प्रतिशत अर्थात ५६ लाख डिम्याट खाता रहेको छ । ठूला कम्पनीहरूमा आईपीओ खुल्दा २० देखि २५ लाखसम्म लगानीकर्ताले आईपीओ भरेको तथ्यांक रहेको छ । हाल साना कम्पनीहरूमा ५/१० लाख लगानीकर्ताले आवेदन दिइरहेका छन् । लगानीकर्ता आईपीओ भनेपछि वित्तीय विवरण हेर्दै नहेरी आवेदन दिने प्रचलननै भइसकेको छ । हिजोका दिनहरूमा आस्वा वा सी–आस्वाको फारम भरेर बुझाउँदा खेरि कम्पनीको वित्तीय विवरण त्यसै फारमा हुने भएकोले केहि हदसम्म लगानीकर्ता सचेत रहन्थे । कम्पनीको वित्तीय अवस्थाको सामान्य रुपमा भएपनि ज्ञान हुन्थ्यो ।

तर, हाल अनलाइन सुविधाले गर्दा लगानीकर्ताहरूले कम्पनीको साइटमा गएर हेर्न नै छाडिसकेका छन् र सिधै आईपीओ भर्ने बानी परिसकेको छ । कहिले काहिँ सामान्य बानी घातक बनेर आइदिन्छ । यस पटक यहि हुनेवाला देखिएको छ । वर्षोदेखि मिडियामा नाम र दाम कमाएर रगजगको रिपब्लिका मिडिया अहिले आएर टाट पल्टेको अवस्था ८/९ महिनादेखि आफ्नो कम्पनीमा कार्यरत कर्मचारीलाई तलवसम्म खुवाउन सकेको छैन ।

घाटामा रहेको कम्पनीको आईपीओ निकालेर कर्मचारीलाई तलव खुवाउन र कम्पनीले ऋण तिर्नको लागि आईपीओ निकालेर सर्वसाधारण लगानीकर्तालाई दिन डाहाडै लुट्न आईपीओ भोलिदेखि बजारमा आउँदैछ । सावधान सहनुस् ! सय रुपैयाँमा लगाएको लगानी यस्तै अवस्था रह्यो भने जिरो हुन बेर छैन । किनभने कम्पनी निरन्तर घाटा र आन्तरिक घोटालामा छ ।

पेपर मिडियाको फेज आउट भएको कारणले पनि दिनानुदिन यसको व्यापार व्यवसाय खस्किदो र कम्पनी धरासयी हुँदै जाँदा कम्पनी नै नरहला भन्ने दिन पनि नआउला भन्न सकिन्न । बरु दोस्रो बजारमा डेढ दुई सयमा वर्षौदेखि राष्ट्र बैंकको नियमनले कडा नियमन गर्दै आएको र वर्षैपिच्छे लाभांश बाड्दै आएका बैंक तथा वित्तीय संस्थाहरूका लगानी लागि अत्यधिक सुरक्षित हुन सक्छ । तर, यो कम्पनीमा लगानीका हिसावले लगानी गरियो भने अत्यन्त जोखिम छ ।

दोस्रो बजारमा कारोबार हुँदा ट्रेडिङ गरेर उम्किन सकिएला कमाउन सकिएला तर, लगानीको हिसावले लामो समय होल्ड गरियो भने कमाउने होइन, अत्याधिक गुमाउने हो । किन भने आवेदन फारमको वित्तीय विवरणमानै ३÷४ वर्षसम्म केहि पनि दिन नसक्ने उल्लेख गरिएको छ । जानाजान यस्ता कम्पनीमा हाम फाल्नु भनेको लागनीलाई डुबाउनु नै हो ।

कम्पनीको आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ ८६.१३ रुपैयाँ छ भने २०७८/७९ को नेटवर्थ ८४.४७ रुपैयाँ छ भने २०७७/७८ को नेटवर्थ ९२.६० पैसा छ भने २०७६/७७ को ९.८१ पैसा रहेको छ । हालका २०७९/८० तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ७.२२ रुपैयाँ प्रतिसेयर आम्दानी देखाइएको भएपनि आव २०७९/८० को प्रतिसेयर आम्दानी १.२२ रुपैयाँ देखाइको छ ।

सोहि विवरण पत्रमा नियामक निकायको जवाफदेहिता नरहने उद्घोष गरिएको छ । उक्त विवरणपत्रमा उल्लेखित धितोपत्र सार्वजनिक निष्काशनको लागि तयार गरिएको यस विवरण पत्रलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरको छ ।

यसरी बोर्डले विवरणपत्र स्वीकृति प्रदान गरेको कारणबाट कसैले पनि नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय वा सम्बन्ध अन्य नियमन निकायले विवरणपत्रमा उल्लेखित कुराको सत्यता, निष्काशनकर्ता वा आयोजनको आर्थिक सक्षमता वा धितोपत्र मूल्यको वारेमा कुनै पनि प्रकारको प्रत्याभूति गरेको वा जिम्मेवारी लिएको छैन ।

यस विवरण पत्रअनुसार कम्पनीले क्रेडिट रेटिङ गराउनु पर्ने भएकाले क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड काठमाडौंबाट स्यू रेटिङ गराइ सिंगल बी प्लस रेटिङ प्राप्त गरेको छ । यो भनेको कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ । यस कारण पनि यो कम्पनी लगानीका लागि अत्यन्त जोखिमयुक्त कम्पनी हो । हामीले गरेको लगानी यस कारण नडुब्ला भन्न सकिन्न् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स