भोलिबाट सर्वसाधारणले नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । भोलिबाट नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ निष्काशन तगा बिक्री खुला हुने भएको छ । कम्पनीले भोलि जेठ २६ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँ ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गर्ने छ । जसमा १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा न्यूनतम १० देखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा सर्वसाधारणले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ ।

कम्पनीको आईपीओ निष्काशन तगा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स