काठमाडौं । बिहीबार, नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ अंक विन्दुमा आइपुगेको छ ।
आज ५९ लाख ६२ हजारको कित्ता सेयर २ अर्ब ३० करोड ५८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११४ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, दोल्ती पावर कम्पनीको १० र भुगोल इनर्जि डेभलपमेन्ट कम्पनीको ९.९६ प्रतिशतको सर्किट लागेको छ ।
मनकामना स्मार्ट लघुवित्तको ७.३८%, सानिमा जिआइसी इन्स्योरेन्सको ७.३८%, हिमालयन एभरेष्ट इन्स्योेरेन्सको ७ प्रतिशतले सेयर मूल्य बढेको छ ।