काठमाडौं । साताको अन्तिम दिन नेप्से सामान्य अंकले बढेको छ ।
बिहीबार, नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ अंक विन्दुमा आइपुगेको छ ।
आज ५९ लाख ६२ हजारको कित्ता सेयर २ अर्ब ३० करोड ५८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११४ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड २६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख, शिवम् सिमेन्ट्सको ८ करोड ७० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ करोड २८ लाख, नेपाल टेलिकमको ८ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।