नेप्सेमा सिटी होटलको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटी होटलको सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीको १०० अंकित दरका कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा संस्थापकको १ करोड ५० लाख ६६ हजार कित्ता र सर्वसाधारणको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित) १६ लाख ७४ हजार कित्ता रहेका छन्।

नेप्सेले सिटी होटललाई ‘सीआईटीवाई’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ८७.८३ रुपैयाँदेखि अधिकतममा २६३.४९ रुपैयाँको ओपनिङ रेन्ज तोकेको छ ।

योसँगै अब आइतबार यही मूल्यबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।

कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ। तर, भोलि शुक्रबार परेको अब सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउनेछ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स