दुई महिनाभित्रै ब्रोकरको संख्या ९३ पुर्याइने : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले दुई महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याइने बताएका छन्।

धितोपत्र बोर्डको आज ३१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले ओपन इन्ट्री एण्ड एक्जिटको आधारमा ब्रोकर लाईसेन्स दिन थालिएको बताउँदै दुई महिना भित्र ब्रोकरको संख्या ९३ पुग्ने बताएका हुन् ।

साथै, उनले आगामी आर्थिक वर्षभित्र कमोडिटिज एक्सचेन्ज पनि सञ्चालन गर्ने धितोपत्र बोर्डको योजना रहेको बताए।

‘लगानीकर्ताको क्षमता र चेतना बढाउन क्यापिटल मार्केट इन्चिच्युट पनि बनाउने धितोपत्र बोर्डको योजना रहेको छ।’उनले भने, ‘धितोपत्र बोर्डका सबै कामलाई विद्युतीय तथा स्वचालित बनाउने योजना रहेको र हाम्रा सबै काम अब पेपरलेस बनाउँदै अघि बढ्ने छ’ ।

अध्यक्ष हमालले भेन्चर तथा एक्विटी क्यापिटलको पूर्ण इकोसिस्टम बनाउने योजना पुरा हुने अवस्थामा पुगेको जनाएका छन् । उनले गैर आवासीय नेपाली एनआरएनलाई बजारमा प्रवेश गराउनको लागि अध्ययन गर्न उच्च स्तरीय कमिटि बनिसकेको जानकारी दिएका छन् ।

अध्यक्ष हमालले आईपीओ ४५ दिनभित्रै स्वीकृत हुने वातावरण निर्माण गरिने पनि बताएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स